यस संस्थामा म विगत आधा दशक भन्दा अगाडि देखिको एक साधारण सदस्य हो ।
यस संस्थाको बारेमा नजिकबाट भन्नुपर्दा सदस्यहरुको बचतलाई मध्येनजर गर्दै उचित ब्याज उपलब्ध गराई, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने, आज बिभिन्न सहकारीहरु विविध समस्याग्रस्त भएको अवस्थामा पनि समस्या रहित भई सम्पूर्ण सदस्यहरुलाई विश्वसनिय र भरपर्दाे सेवा प्रदान गर्ने जिल्लाको उत्कृष्ट सहकारीको रुपमा चिन्दछु।
सहकारीहरूको यस्तो समस्याग्रस्त अवस्थामा पनि संयम भई सदस्यहरूलाई कुनै पनि अप्ठ्यारो अवस्थाको महसुस हुन नदिई विना खोट सहकारी सञ्चालन गर्नुहुने सञ्चालक समिति र यस्ता जटिल अवस्थामा पनि बिचलित नभई कार्यालय सञ्चालन गर्ने प्रबन्धकज्यू, ऋण अशुलीमा भरपुर समय खर्च गरेर संस्थालाई दिगो र बलियो बनाउने ऋण अधिकृतज्यू लगायत सम्पूर्ण कर्मचारीहरू लगायत सिङ्गो अटल पाँचकुण्ड सहकारीको टिमलाई सफलतापूर्वक सहकारी सञ्चालन गरिदिनु भएकोमा हृदय देखिनै सदस्य, वचतकर्ता र सेवाग्राहीहरूको तर्फबाट यस संस्थाको शुभचिन्तकको हिसाबले धन्यवाद दिन चाहन्छु ।

