यस संस्थाको आयोजना र शिक्षा उपसमितिको संयोजनमा मिति २०८२ कात्तिक २२ गते सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमितिहरु र कर्मचारीहरुको लागि नेतृत्व विकास तालिम होटल हेरिटेज होम धुलिखेलमा सम्पन्न भयो । संस्थाका सचिव श्री जयराम कुइँकेलले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री जनक तिमल्सिना र संस्थाका अध्यक्ष श्री कमलबहादुर रायज्यूले कार्यक्रम सफलताको शुभकामना र सम्पन्न पश्चात धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन भएको थियो ।
तालिम प्रशिक्षकको रुपमा जिल्ला बचत संघ, काभ्रेका प्रमूख कार्यकारी अधिकृत श्री गुरुप्रसाद ढकालज्यूले सहजिकरण गर्नुभएको थियो ।

